नियम
छानविन तथा कारवाई गर्न लेखी पठाउन सक्ने
आयोगले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र अन्य सार्वजनिक संस्थाहरुको कुनै निकायमा भएको कुनै कार्य सम्बन्धमा आफू समक्ष प्राप्त उजुरी निवेदन उपर छानविन गरी आफू समक्ष प्रतिवेदन पेश गर्न वा अन्य आवश्यक कारवाई गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ र आयोगबाट त्यसरी लेखी आएमा लेखी आए बमोजिम गर्नु गराउनु सम्बन्धित निकायको कर्तव्य हुनेछ ।